काठमाडौंमै भेटिए हैजाका बिरामी

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौंमै हैजाको बिरामी भेटिएको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा यसबारे बताएइकाे छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा जेठ २ गते भर्ना भएका दुई जना बिरामीमा हैजा पुष्टि भएको हो ।

काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका उनीहरु एउटै परिवारका सदस्य हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत सबैलाई सतर्क रहनसमेत अपील गरेको छ ।

प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?