डुम्रे–बेँशीसहर सडकखण्डमा दुई ठाउँमा पहिरो, आवागमन प्रभावित

लोकपथ
98
Shares

लम्जुङ । डुम्रे–बेँशीसहर सडकखण्ड अन्तर्गत आज दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ ।

सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–८ बलिफाँटमा आज बिहान सडक भाँसिदा सवारी आवागमन प्रभावित भएको हो ।

बिहानै बाट रोकिएको सवारी साधन पहिरो गएको आसपासमै रोकिएको प्रहरी चौकी पुर्कोटले जनाएको छ ।

यस्तै, डुम्रे–बेँशीशहर सडकखण्ड अन्तर्गत लम्जुङको बेँशिसहर नगरपालिका–१ उदिपुरमा पनि आज बिहान झरेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ ।

बिहान साढे ५ बजे अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको अस्थायी प्रहरी पोष्ट उदिपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?