बर्दियामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोकपथ
63
Shares

बर्दिया । बर्दियाको बासगढी नगरपालिका–९ माछागढ चोक नजिकै गएराति बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ५१ वर्षिय दिल बहादुर के।सी रहेका छन् । उनको उपचारको क्रममा मेडीकल कलेज कोहलपुरमा राति १० बजे मृत्यु भएको हो ।

गएराति साढे ९ बजे सुदुर पश्चिम प्रदेश ०१ ००१ ख २५८२ नम्बरको बसले केसी सवार भे ११ प ७९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी लक्ष्मणाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?