काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तामाघाट पुल नजिक आज बिहान सवारी साधनको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृतक अन्दाजी ३२ वर्षीया युवतीको सनाखत हुन बाँकी रहेको छ ।
आज बिहान ५ बजे नम्बर नखुलेको सवारी साधने ठक्कर दिदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटना पश्चात् सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी पाँचखालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया