यूक्रेनले रूसी नागरिकले यूक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने नीति बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् ।
सन् १९९१ मा यूक्रेन तत्कालिन सोभियत संघबाटस्वतन्त्र हुँदा व्यवस्था गरिएको विना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्राबधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो ।
मस्कोले यूक्रेनमा आक्रमण सुरू गरेको चार महिना पुगेको छ ।
“युक्रेनले रूसी संघका नागरिकहरूका लागि भिसा व्यवस्था शुरु गरिरहेको छ,“ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत् जानकारी गराए । उनले भने, “सरकारले सम्भवत ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्बजनिक गर्नेछ ।
जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रीय यर्माकले अनौपचारिकरूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया