विध ल्यावका सञ्चालक भण्डारीविरुद्ध भष्ट्राचार मुद्धा

लोकपथ
672
Shares

काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पति आर्जन गरेको भनि विध ल्यावका सञ्चालक समेत रहेका स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

आयोगका अनुसार भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा उजुरी निवेदन परेको थियो ।

अख्तियारले उक्त निवेदनलाई अध्ययन अनुसन्धान गर्दा भण्डारी २०७३ असोज २१ गते मा रा.प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०७७ साउन १ गतेका दिनसम्ममा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार छ सय ३६ रुपैँया ९ पैशा आय आर्जन गरेको अख्तियारले ठहर गरेको थियो ।

भण्डारीले उक्त रकम जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा खर्च तथा लगानी (व्यय) गरेको पाइएको छ । मौज्दात समेत गरी जम्मा छ करोड ५० लाख ६५ हजार छ सय ४२ रुपैँया ५३ पैसा खर्च तथा लगानी गरेको र कुल आय आर्जन २६ लाख,६१ हजार छ सय ३६ रुपैँया नौं पैसा भण्डारीले गरेको कुल खर्च तथा लगानी (व्यय) छ करोड ५० लाख ६५ हजार छ सय ४२ रुपैँया ५३ पैसा घटाउँदा हुन आउने छ करोड २४ लाख चार हजार छ रुपैँया ४४ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएपछि भण्डारीले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको थियो ।

सोही आधारमा भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले भण्डारीलाई बिगो छ करोड २४ लाख चार हजार छ रुपैँया ४४ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुन र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफततफ ऐनको दफा ४७ बमोजिम बिगो छ करोड २४ लाख चार हजार छ रुपैँया ४४ पैसा भण्डारीको नाममा रहेको सम्पत्तिबाट छ करोड छ लाख ४१ हजार आठ सय १३ रुपैँया ९१ पैसा अपुग बिगो भण्डारीकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट १७ लाख ६२ हजार एक सय ९२ रुपैँया ५३ पैसा समेत जम्मा छ करोड २४ लाख चार हजार छ रुपैँया ४४ पैसा जफत गर्न मागदावी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा अख्तियारले मुद्धा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?