आज दिनभर के-के भए ? टप फिप्टिन हेडलाइन्स हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
98
Shares

१. नेकपा एमालेबाट निर्वाचित जनप्रनितिधिहरु पार्टीको प्रशिक्षणका लागि २ दिनदेखि काठमाडौंमा, २० बुँदे संकल्प सार्वजनिक, जनताको सेवक बनेर काम गर्नेदेखि धुम्रापान, मदिरापान र भोजभतेरलाई निरुत्साहित पार्नेसम्म ।

२. जनताको हितमा इमानदारका साथ काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, जनता रहे मात्र राजनीतिक पार्टी रहने भन्दै सुशासन कायम गर्न आग्रह ।

३. एमाले बाहेक अन्य दलहरुसँग कुनै पनि विषयमा नीति नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको जिकिर, एमालेले ५ बर्ष सरकार चलाउन पाउने हो भने अरु पार्टीले साइनबोर्ड समेत झुन्ड्याउन नसक्ने दाबी ।

४. स्थानीय निर्वाचनले संविधान संस्थागत गर्न थप बल पुर्याएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ, संविधान संस्थागत र परिवर्तनलाई जोगाएको भन्दै कांग्रेस, एकीकृत समाजवादी र एमालेले जित्दा पनि आफैँले जितेजस्तो महसुस हुने जिकिर ।

५. एसपीपीबारे सञ्चारमाध्यममा आएको पत्र सरकारी नभएको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको दाबी, सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने भनाइ ।

६. युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने रुस भ्रमण सकेर स्वदेश फिर्ता, भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया, भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत रुससँग सम्बन्ध थप सुदृढ र सुमधुर बन्ने विश्वास व्यक्त ।

७. पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणाप्रति वायुसेवा कम्पनीको कडा विरोध, मन्त्री आलेको अभिव्यक्ति तर्कहिन भएको भन्दै यसलाई कार्यान्वयन नगराउन प्रधानमन्त्री समक्ष आग्रह ।

८. मंकीपक्सको आशंकामाटेकु अस्पताल भर्ना भएका युवकमा कुष्ठरोग पुष्टि, नेपालमा हालसम्म मंकीपक्सको कुनै संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी ।

९. भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले ग¥यो स्वास्थ्य बीमा कार्यक्रम स्थगित, डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी उठ्न बाँकी, रकम भुक्तानी गर्न बीमा बोर्डको आनाकानी, सेवाग्राही मर्कामा ।

१०. पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त, सक्रिय संक्रमित १०४ जना ।

११. आजबाट शुक्रबार पनि नियमित कारोबारमा आयो नेपाली सेयर बजार, २ घण्टाको कारोबारमा ७ अंकले घट्यो नेप्से ।

१२ कोरोना महामारीको सामना गरिरहेको उत्तर कोरियामा आन्द्रासम्बन्धि अज्ञात रोगको प्रकोप सुरु, उक्त रोगले टाइफाइड र हैजा देखिने स्वास्थ्य विज्ञहरुको भनाइ ।

१३. अफ्रिकी मुलुक सोमालियामा खडेरी र आन्तरिक द्वन्द्वका कारण लाखौँ नागरिक भोकमरीमा, ८ लाखभन्दा बढी नागरिक विस्थापित, खाद्यान्नको अभावको समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय निकायको पहल ।

१४. मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो, नेपाली टिमले शनिबार कुवेतसँग सामना गर्ने ।

१५ .र फिफा विश्वकप २०२६ को आयोजक शहर र रंगशालाको घोषणा, विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने, विभिन्न ४८ राष्ट्रको सहभागिता रहने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?