नुवाकोटमा स्कुटरसहित भीरबाट खस्दा स्कुल हिँडेकी शिक्षिकाको मृत्यु

लोकपथ
6.8k
Shares

नुवाकोट । नुवाकोटमा स्कुल हिँडेकी शिक्षिकाको भीरबाट लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित घिरौंले भिरबाट लडेर सुन्दरामा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको मृत्यु भएको हो ।

स्कुटीमा सवार आचार्यको शव तादी खोलामा भेटिएको प्रहरीले जनाएको छ । दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?