काठमाडौं । नेपालमा पनि मन्कीपक्सका शंकास्पद बिरामी फेला परेका छन् ।
विश्वमा कोरोना संक्रमणको जोखिम केही घटेको बेलामा मन्कीपक्सको जोखिम देखिएको र त्यसको शंकास्पद बिरामीहरु नेपालमा पनि देखिएका हुन् ।
विदेशबाट आएका एक युवकमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मन्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।
दुवईबाट आएका ती युवकमा मन्कीपक्ससँग मिल्दोजुल्दो समस्या देखिएको र उनको चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया