काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीविरुद्ध हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको छ ।
केहीदिनको बीचमा लागूऔषध नियन्त्रण ब्युरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हिरोइन बरामद गरेको छ ।
ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हिरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकारसम्मेलनमा जानकारी दिए ।
प्रहरीले ४ दिन लगाएर बरामद गरेको मध्ये ४९ किलो सेतो र २ किलो खैरो हिरोइन रहेको छ ।
अहिलेसम्मकै ठूलो अपरेशन मानिएको उक्त प्रकरणमा ५१ केजी सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई समेत पक्राउ गरेको छ ।
त्यसैगरी आगामी दिनमा लागूऔषध नियन्त्रणमा आफूहरु अझै लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया