बाघलाई नियन्त्रणमा नलिँदासम्म मृतकको शव उठाउन नदिने स्थानीयबासिको अडान

लोकपथ
287
Shares

काठमाडौं । चितवनको मेघौलीका बासिन्दाले बाघलाई नियन्त्रणमा नलिँदासम्म मृतकको शव उठाउन नदिने बताएका छन्।

भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई बाघले आक्रमण गरेको थियो। बिहान ७ बजेतिर जंगल गएकी उनलाई साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।

हवाई फायर गर्दै बाघलाई लखेटेर निकुञ्ज सुरक्षार्थमा खटिएको सेनाले शव निकालेका थिए।

मृतकको शव वनबाट बाहिर निकालि पोष्टमर्टमाका लागि प्रहरीले भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका छन्। उनीहरूले बाघलाई नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिने बताएका छन्।

चितवनमा बाघको आक्रमणबाट पछिल्लो तीन महिनामा १० जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?