थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थी मृत अवस्थामा फेला

लोकपथ
1.1k
Shares

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी चौधरी ग्रुपको निर्माणाधीन भनवको कम्पाउण्डमा शव भेटिएको हो ।

मृत अवस्थामा भेटिएका ती पुरुष ललितपुर सानेपा घर भएका २२ वर्षीय अभिशेष जैसवाल रहेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंका एसपी दिनेशराज मैनालीले लोकपथलाई जानकारी दिए । उनका अनुसार ती पुरुष भवनको माथिबाट हामफालेको आशंका गरिएको उनको भनाइ रहेको छन् ।

‘सोमबार ती पुरुषको शव भेटिएको हो । हामीले अनुसन्धान गरिरहेका छौँ । ती पुरुष भवनबाट हामफालेको हो की भन्ने आशंका गरिएको छ ।’ एसपी मैनालीले लोकपथसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?