पानीमा देख्याे सरकारले ८% अार्थिक वृद्धि

काठमाडाैं : यो बर्षको बर्खामा पर्याप्त झरी परेकाले चालु अार्थिक बर्षाको अार्थिक वृद्धिदर ८% भन्दा बढि हुने नेपाल राष्ट्र बैंकले दाबी गरेको छ । यो बर्ष ९५% भन्दा बढि धानखेती हुने जमिनमा रोपार्इँ भएको छ ।

मंगलबार बसेको अर्थ समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवि नेपालले बर्षाका अतिरिक्त पछिल्ला बर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा अार्थिक बृद्दिदरको प्रवृति सकारात्मक रहेकाले वृद्धिदर बढ्ने बताएका छन् । 

खेतीबाली लगाउने बर्खायाममा पर्याप्त पानी पर्दा धान लगायत खाद्यबालीको उत्पादन राम्रो हुने र त्यसले अार्थिक वृद्धिदर बढाउन मुख्य भूमीका खेल्ने गरेको छ । उद्योग र सेवा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडिपी) वृद्धिमा ठूलो योगदान पु-याउन नसकेकाले हरेक सरकारले अार्थिक बृद्दिका लागि अाकाशे झरी कुरेर बस्ने गर्छन् । 

चालु अार्थिक बर्षको पहिलो दुर्इ महिनाको मुद्रास्फ्रिती प्रवृत्ती हेर्दा महंगी बढ्ने देखिएको छ। अघिल्लो असारतिर २.७% मा सिमित रहेको मुद्रास्फ्रिती यो असारमा ४.६% पुगेको छ । साउन र भदाै महिनामा बजारमा दैनिक उपभोग्य लगायत तरकारी र अन्य अावश्यकीय बस्तुहरूको मूल्य बढिरहेको छ । तर सरकारले बजारमा बढेको मुल्यलार्इ मुद्रास्फ्रितीदरमा मापन गरिसकेको छैन । 

अार्थिक बर्ष २०७३/७४ मा ७.५% हाराहारीमा मुद्रास्फ्रिती हुने अांकलन गरिएकोमा यो दर ४.५% मा सिमित भएको सरकारी तथ्यांक छ । यस्तै, गत अार्थिक बर्षमा पनि ७% मुद्रास्फ्रितीदर प्रक्षेपण गरिएकोमा ४.२% मा सिमित भएको थियो । तर, पछिल्ला महिनाको खुद्रा बजार मूल्यले मुद्रास्फ्रितीदर प्रक्षेपित सिमाभित्र नरहने देखिएको हो । 

पछिल्लो पटक बैंकमा रकम जम्मा गर्ने भन्दा ऋण लाने प्रवृत्तिमाा बृद्दि भएको छ । बैंक तथा बित्तीय संस्थाबाट २२.५ ले कर्जा प्रवाहमा बृद्दि हुँदा निक्षेप भने जम्माजम्मी १९.२% मात्रै बढेको छ । यसलार्इ सन्तुलनमा ल्याउन विप्रेषण प्रवाहमा बृद्दि हुनुपर्ने र सरकारको पूँजीगत खर्च बढ्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?