काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छिन्।
बुधबार लोकसेवा आयोगको ७२औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताइन् ।
जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्नेमा उनको जोड थियो ।
राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान पुर्याउन आवश्यक रहेको पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया