काठमाडौं । पैसा कमाउने लोभमा एक महिलाले आफ्नी छोरीलाई जबरजस्ती देहव्यापारमा धकेलेकी छन् । आमाले आफ्नै छोरीलाई आफैले ग्रहाग खोजेर ल्याउन थालेपछि छोरीले प्रहरीकोमा उजुरी दिएकी छिन् । यो घटना भारतको हो ।
आफ्नै आमाले यस्तो गर्न थालेपछि जब छारीले विरोध गरिन् आमाले उनलाई मुम्बईमा उनका भाइहरूकामा पठाइन् । भाइहरुले नै उनको पटक पटक बलात्कार गरे । उनलाई आफ्नै भाइहरुले बलात्कार त गरे त्यसपछि मुम्बईको बारमा पनि नाच्न लगाए ।

मुम्बईबाट भागेकी युवतीले बरेली जिल्लाको सुभाषनगर प्रहरी चौकीमा आफ्नी आमा, काकी र दुवै मामाकाविरुद्ध उजुरी दिएकी छिन् । पीडित युवतीले आफू बीस वर्षकी भएको प्रहरीलाई बताएकी छिन् । उनकी आमा पहिलेदेखि नै वेश्यावृत्तिको व्यवसायमा थिइन् ।

गत वर्ष अपरिचित व्यक्तिबाट पैसा लिएर जबरजस्ती बलात्कार गर्न लगाएको पनि उनले बताएकी छिन् । यसपछि आमाले हरेक दिन आफ्ना लागि ग्राहक ल्याउन गरेको र दैनिक गर्भनिरोधक चक्की खुवाउँने गरेको उनले प्रहरी सुमक्ष बताएकी छिन् ।
घटनाबारे अहिले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया