करेन्ट लागेर दुई जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं र बाग्लुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।

सुन्दरीजल मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाग्लुङको बडीगाड गाउँपालिका–२ सकनेरा बस्ने ३२ वर्षीय छबिलाल बलामीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

सोही गाउँपालिका–५ न्वारास्थित खोलामा ६ जना व्यक्तिहरु माछा मार्न गएकोमा छबिलालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ग्वालिचौरबाट खटिएको प्रहरीले मृतकसँग गएका ५ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?