देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

लोकपथ
56
Shares

काठमाडौं । भक्तपुर, ललितपुर, तनहुँ, कैलाली र नवलपरासी (पूर्व)मा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको भक्तपुर नगरपालिका–९ कमलविनायक दुर्गा मन्दिर नजिक पाटीमा सोही नगरपालिका–१० भत्केकोपाटीमा बस्ने ५६ वर्षीय पूर्ण बहादुर भुजेल मंगलबर मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको गोदावारी नगरपालिका–१३ झरुवारासी ढलेपिपल बस्ने ४० वर्षीया अम्बिका बिशंखे आफ्नै घर नजिक रहेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

तनहुँको ब्यास नगरपालिका–९ बर्यचौरमा सोही ठाउँ बस्ने ३२ वर्षीय केशब नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको टिकापुर नगरपालिका–७ दिब्यपुरस्थित खेतमा भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेम बहादुर डगौरा थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पूर्व)को बिनयी त्रिबेणी गाउँपालिका–७ व्यारेजपुल नजिक खेतमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?