लमजुङको सुन्दरबजार नगरपालिकाले शव वाहनको व्यवस्था गर्ने

लोकपथ
91
Shares

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले शव वाहनको व्यवस्था गर्ने भएको छ ।

नगरपालिका प्रमुख कृष्णप्रसाद काइरोलाले नगरभित्र शव वाहन नहुँदा घाटसम्म शव पुर्‍याउन समस्या हुँदै आएकाले वाहन व्यवस्था गर्न लागिएको बताए ।

कोइरालाका अनसार बुधबार बसेको नगरपालिका कार्यपालिका बैठकले नगरपालिकामा रहेको दुई वटा बसमध्ये एउटा बसलाई तत्कालका लागि शव वाहनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

त्यसका लागि शव वाहन सञ्चालन सम्बन्धी व्यवस्थाको थप अध्ययन गर्दै कार्यविधि निर्माण गर्ने निर्णय पनि भएको नगरप्रमुख कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?