८२ लाखमा गाउँमा धारैधारा (फोटोफिचर)

लोकपथ
98
Shares

सुर्खेत । दैलेखको डुङ्‍गेश्‍वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत एक सय १६ वटा धारा निर्माण भएका छन् ।

हेल्भेटास नेपाल, डुङ्‍गेश्‍वर गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धारा निर्माण भएका हुन् । धारा निर्माणको लागत ८२ लाख ६ हजार रुपैयाँ हो ।

सुख्खाग्रस्त क्षेत्र यहाँका मानिसहरू नजिकै पानीको मूल नहुँदा पुस्तौँदेखि खानेपानीको समस्या खेप्दै आएका थिए ।

पर्यटकीय क्षेत्रको रूपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट खानेपानीको सुविधा गाउँमा पुर्‍याइएपछि भने स्थानीयवासीले वर्षौंदेखिको दुःखबाट छुटकारा पाएका छन् ।

योजना सम्पन्‍न भएसँगै देउली बजार, पैयाँचौर, सेर्माकोटको थापा टोल र खत्री टोल तथा त्रिकुलेका बासिन्दा लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?