काठमाडौं । रगतको समूह किन फरक–फरक हुन्छ भनेर वैज्ञानिकहरू पनि भन्न सक्दैनन् भने रगतका विषयमा रहेको त्यसता अनेकौं तथ्यहरु छन् जुन तपाईं हामीलाई सायदै थाहा होला ।
रगतको कतीवटा समूह छन् भनेर कसैले साध्यो भने तपाईं भन्न सक्नुहुन्छ ? थाहा पाइराख्नुहोस् है मानिसमा ३० वटा मान्यता प्राप्त रक्त समूहहरू रहेका छन् ।
अनी रगत हाम्रो शारीरमा भएको एउटा त्यस्तो तरल पदार्थ हो जसले शारीरका हरेक अंगहरुसम्म पोषक तत्व र अक्सिजनलाई पुर्याउने काम गर्छ । रगतमा भएको रातो रक्त कोशिकाहरूले शरीरमा अक्सिजन प्रवाह गर्छ भने रोग तथा भाइरसविरुद्ध लड्न सेतो रक्त कोशिकाहरूले प्रतिरक्षा प्रणालीको रक्षा गर्छ ।
https://www.facebook.com/watch/?v=411807960959108
रगतले नै हाम्रो शरिरमा भएका कार्बन–डाइअक्साइड जस्ता मेटाबोलिक फोहोरहरूलाई शारीरिक प्रणालीबाट बाहिर निकाल्छ ।
रगतका यी तथ्यहरूबारे थाहा पाएर तपाईं अचम्ममा पर्नुभयाे हाेला ! पर्खनुहोस् अचम्मका अरू तथ्यहरू त बाँकी नै छन् ।
- रगतमा भएको हेमोग्लोबिन नै त्यस्तो तत्व हो जसले मानिसको रगतलाई रातो बनाउँछ ।
- मानिसको तौलको करिब ७ प्रतिशत भाग रगतको रहेको हुन्छ ।
- अनी रगतमा भएको प्लेटलेट्सले हाम्रो शरिरमा भएको रगतलाई जम्न दिँदैन ।
- हाम्रो मेरुदण्ड ४५ प्रतिशत रक्त कोशिका र ५५ प्रतिशत रक्त प्लाज्माबाट बनेको हुन्छ ।
- ओ–पोजेटिभलाई कमन रक्तसमूह मानीन्छ भने एबी–नेगेटीभ सबैभन्दा दुर्लभ रक्तसमूह हो ।
- धर्तीमा रहेका करीब ४०० प्रजातिहरूले रगतमात्र खाएर बाँच्छन् ।
आहो ! रगत खाएर बाँच्ने जिव यत्तीका धेरै रहेछन् है ? तपाईंलाई त जुम्रा, लामखुट्टे र जुका मात्र थाहा थियो होला ।
अनी तपाईंलाई थाहा छ ? ब्रेन ह्याम्रेजको मुख्य कारण भनेको रगत नै हो । अर्को अनौठो कुरा के पनि छ भने केही जिवमा निलो रंगको रगत हुन्छ र कुनैमा हरियो र बैजनी रंगको पनि रगत रहेको हुन्छ ।
विश्वका करिब ४ प्रतिशत मानिसहरूमा ‘ब्लड इन्जुरी इन्जेक्सन फोबिया’ रहेको छ । अर्थात् यिनीहरु रगतदेखि साह्रै नै डराउने गर्छन् ।
तपाईंलाई त यो रोग छैननी ? यदी रगत देखिने वित्तिकै कोही बेहोस् भएको देख्नु भयो भने थाहा पाउनुस् उक्त व्यक्तिलाई ‘ब्लड इन्जुरी इन्जेक्सन फोबिया’ छ भनेर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया