एक लाख ४० हजार रूपैयाँले बढ्यो क्रसफायर आरएमको मूल्य, अन्यको कति ?

लोकपथ
1.4k
Shares

काठमाडौं । पछिल्लो समय युवापुस्ताका माझ लोकप्रिय क्रसफायर बाइकको मूल्य बढेको छ । क्रसफायरले एक सुचना जारी गर्दै तीनवटा मोडलको बाइकको मूल्य बढेको जनाएको छ ।

सरकारले २०० सिसीभन्दा माथिको बाइकको मूल्यमा भन्सारशुल्क बढाएपछि कम्पनीले पनि २५० सिसी माथिका बाइकको मूल्य बढाएको हो।

कम्पनीले जेठ ३० (सोमबार) देखि लागू हुने गरी क्रसफायर आरएम २५०, क्रसफायर एचजे २५० र क्रसफायर ट्र्याकर २५० को मूल्य बढाएको छ ।

क्रसफायर आरएम २५०को मूल्य एक लाख ४० हजार रूपैयाँले बढेर ८ लाख ८८ हजार रूपैयाँ पुगेको छ । क्रसफायर एचजे २५० को मूल्य एक लाख रूपैयाँले बढेर ७ लाख ७० हजार रूपैयाँ पुगेको छ। क्रसफायर ट्र्याकर २५० को मूल्य भने ३५ हजार रूपैयाँले बढेर ४ लाख १० हजार रूपैयाँ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?