बुर्किना फासोमा बन्दुकधारीहरूद्वारा ५६ सर्वसाधारणको हत्या

लोकपथ
63
Shares

काठमाडौं । बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् ।

पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् । संदिग्ध अतिवादीले सेनो प्रान्तको सेतेंगामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले एक पत्रकार सम्मेलनमा बताए । सरकारले आक्रमणमा ५५ जना मारिएको जनाएको छ ।

विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् । सन् २०२१ को जुनमा सोल्हान सहरमा भएको आक्रमणमा जिहादीहरूले कम्तिमा १६० जना मारेका थिए ।

जनवरीमा विद्रोही सिपाहीहरूले राष्ट्रलाई सुरक्षित गर्ने वाचा गर्दै लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई हटाएका छन् । तर, हिंसा झन बढेको छ । सरकारले विद्रोहीविरुद्धको लडाइमा एकताबद्ध हुन जनतालाई आग्रह गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?