सीआईडीका इन्स्पेक्टर बने चोरीकाे सिकार

लोकपथ
1.1k
Shares

एजेन्सी । चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर सचिनको भूमिका निभाएका ऋषिकेश पाण्डे आफै चोरीकाे सिकार भएका छन्

अभिनेता पाण्डे आफ्नो परिवारसँग घुम्न गएका थिए । सोही क्रममा कसैले उनको झोलाबाट नगद र कागजपत्र चोरेको थियो । यो घटना ५ जुनमा परिवारसँग ‘एलिफेन्टा केभ’ घुम्न गएका बेला भएको अभिनेताले बताएका छन् ।

यसबारे कुरा गर्दै ऋषिकेशले भने, ‘हामी साँझ ६ः३० बजे एसी बसमा बसेका थियौं, बसबाट ओर्लनेबित्तिकै मैले आफ्नो झोला चेक गरेँ, त्यसपछि मेरो पैसा, क्रेडिट कार्ड, आधार कार्ड, प्यान कार्ड र कारका कागजातहरू छैनन् । मैले कोलाबा र मलाड पुलिस स्टेशनहरूमा घटनाको रिपोर्ट गरेको छु।’

अभिनेताले थप भने, ‘मैले सीआईडीमा इन्स्पेक्टरको भूमिका निर्वाह गरेको थिएँ । वास्तविक जीवनमा पनि मानिसहरु मसँग उहाँहरुको समस्या लिएर आउनुहुन्थ्यो र म उहाँलाई सहयोग गर्थें। अहिले म पनि लुटिएको छु। मलाई आशा छ कि प्रहरी विभागले यस घटनाको राम्रोसँग अनुसन्धान गर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?