काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
उक्त मुद्दामा सोमबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको थियो । तर आज सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
गत वैशाख १८ गते सरकारले तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । पहिलो नम्बरमा रहेका एआईजी विश्वराज पोखरेललाई पछि पार्दै सरकारले तेस्रो नम्बरमा रहेका सिंहलाई नियुक्ति गरेको थियो । त्यससँगै पोखरेलले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया