काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।
केहीबेर अघि उक्त मुद्दाको सुनुवाइ सुरु भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
आज उक्त कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता लिलामणि पौडेलले बहस गरिरहेका छन् ।
गत वैशाख १८ गते सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै सरकारको निर्णयविरुद्ध मुद्दा परेको थियो । पहिलो नम्बरमा रहेका एआइजी विश्वराज पोखरेलले आफूलाई पन्छाउँदै तेस्रो नम्बरमा रहेका सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गरेको भन्दै रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया