अवैध रुपमा नेपाल–भारत सीमा पार गर्ने दुई चिनियाँ नागरिक पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । भारतको बिहारको सीतामढी जिल्लामा अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको आरोपमा आइतबार दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको आरोपमा भारतीय सशस्त्र सीमा बलले दुईजना चिनियाँ नागरिक पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक २८ वर्षीय लो लुङ र ३४ वर्षीय युङ हाइ लुङ रहेका छन् ।

एसएसबीका जवानहरूले उनीहरूलाई स्तम्भ नम्बर ११र६ नजिकै भारतीय भूमिमा ३०० मिटर भित्र पक्राउ गरेका थिए। उनीहरुको साथबाट नेपाली राहदानी, ३ थान एटीएम कार्ड, चुरोट लगायतका सामान बरामद गरिएको छ ।

दुवैलाई सुरेन्द्र प्रहरीको जिम्मा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छोटो सोधपुछका क्रममा ती दुई चिनियाँ नागरिकले चीनबाट थाइल्याण्ड हुँदै नेपाल आएका र काठमाडौंबाट दुईवटा साइकल भाडामा लिएर बिहार नाकासम्म पुगेको प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?