पशुपति क्षेत्र विकास कोषको सल्लाहकारमा तायल मनोनीत

लोकपथ
77
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनयन गरेको छ ।

उनलाई आज समितिको सल्लाहकारमा मनोनयन गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए ।

उनका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धारलगायत कोषलाई विविध क्षेत्रमा योगदान पुर्याउनका लागि तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो । तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?