अर्घाखाँची । अर्घाखाँची उद्योग वणिज्य संघको साधारणसभा तथा अधिवेशन २८ जेठ शनिबार हुँदै छ । यसले राजनीतिक क्षेत्रलाई समेत तताएको छ ।
सबै दलको सहमतिमा नेतृत्वसहित पदाधिकारी चयन गरिँदै आएको अर्घाखाँचीमा यो पटक चुनावी प्रक्रियामा जाने भएपछि नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।
शुक्रबार दिउँसो मनोनयन दर्ता गर्ने कार्यक्रम रहे पनि नेतृत्वमा एमाले र जनमोर्चाबीच तालमेल गरेर जाने सहमति गरेका छन् । एमालेनिकट व्यावसायीहरूले नेतृत्वमा प्रदिप मिश्रलाई यसअघि नै अगाडि सारिसकेका छन् भने जनमोर्चालाई उपाध्यक्ष, महासचिव र चार सदस्य दिनेगरी सहमति भएको छ ।
यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका गठबन्धन दलहरू सहमति जुटाउने प्रयासमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया