पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

लोकपथ
182
Shares

तनहुँ । डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ ।

मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ ।

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?