काठमाडौंको बाफलमा ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा गएराती ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका अन्दाजी ४० बर्षीय पुरुषको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

कलंकीबाट बाफल तर्फ आउदै गरेको बा ४ ख ६२९ नम्बरको ट्रिपरले गएराती पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ट्रिपर चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?