काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन्।
विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदनपश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।
एसएसपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताए । उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे ।

यस आ.व. २०७८/०७९ मा ४३१ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४३ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिभिन्न प्रहरीबृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ ।
मोटरसाईकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लगइन गरेर अनलाईन मार्फतसमेत निवेदन दिन ट्राफिक कार्यालयले भएमा आफू सजग भई तुरुन्तै खबर गर्न सूचित गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया