वृषस्थे मिथुनस्थे वा शुक्ला ह्येकादशी भवेत् ।
ज्येष्ठमासे प्रयत्नेन सोपोष्या जलवर्जिता ।।
ब्रह्मवैवर्तपुराणमा भनिएको छ कि ‘जेठ महिनाको शुक्लपक्षमा पर्ने एकादशीमा प्रयत्नपूर्वक निर्जल भएर अर्थात् जलको समेत आहार नगरी व्रत बस्नुपर्दछ ।’
द्वादशैकादशीफलम् ।।
‘निर्जला एकादशीमा निर्जल भएर गरिएको व्रतले वर्षभरिका २४ वटै एकादशीको व्रतफल प्राप्त हुन्छ ।’
आज निर्जला एकादशी (तुलसीको दल राख्ने दिन) । जेठ महिनाको शुक्लपक्षमा पर्ने यो एकादशीको ठूलै महत्व रहेको छ । सबै एकादशीको आ–आफ्नै महत्व रहे पनि निर्जला एकादशीलाई विशेष ?पमा हेरिन्छ ।
निर्जला एकादशीमा जल पनि सेवन नगरीे ब्रत बसिने भएकाले यसलाई निर्जला एकादशी पनि भनिन्छ । निर्जला एकादशीलाई पाण्डव एकादशी, भीम एकादशी पनि भनिन्छ । एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व भएकाले यसलाई विष्णुव्रत पनि भनिने गरिन्छ ।
आज तुलसीका दानाहरूलाई जमिन वा तुलसीको मठमा छर्ने अर्थात् तुलसीको दल राख्ने गरिन्छ । निर्जला एकादशीको दिन छरिएका तुलसीका दानाहरू अंकुरण भएपछि तसलसीको त्यो बि?वालाई एक महिनापछि आउने असार शुक्लपक्षको ठूली एकादशीमा सार्ने अर्थात् रोप्ने गरिन्छ ।
आजको दिन व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र महात्म्य सुन्ने सुनाउने गर्दा पुण्य प्रप्त हुने विश्वास गरिएको छ । निर्जला एकादशीमा विशेषतः शेषशायी रूपमा रहेका भगवान् विष्णुको पूजा आराधना गर्नुको विशेष महत्व रहेको छ ।
निर्जला एकादशीको दिन गरिएको व्रतलाई भोलिपल्ट द्वादशीको दिन भगवानलाई सर्वत चढाएर ब्राह्मणलाई बस्त्र दान गरी भोजन गराएपछि समाप्त गरिन्छ ।
एकादशीलाई व्रतहरूमा सर्वोत्कृष्ट व्रत मानिएको छ । भगवान् विष्णुको आराधना एवं उपासना गरिने भएकोले यसलाई वैष्णव व्रत पनि भनिन्छ । वर्षमा २४ एकादशी तथा अधिकमासका २ गरि २६ एकादशीहरू रहेका हुन्छन् ।
यस्तो छ निर्जला एकादशीको महात्म्य
एक पटक भीमले महर्षि वेदव्यासलाई भने कि, हे भगवान् ! युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्ती र द्रौपदी सबै एकादशीको व्रत बस्छन् र मलाई व्रत बस्न पनि भन्छन्न् । तर, म नखाएर बाँच्न सक्दिनँ । त्यसैले २४ एकादशीमा व्रत बस्नु मेरो लागि असम्भव कुरा हो । त्यसैले मलाई यस्तो व्रत बताउनुहोस्, जसको पालना गर्दा मलाई कुनै असुविधा नहोस् र मैले स्वर्ग पनि प्राप्त गर्न सकूँ ।
भीमको यस्तो कुरा सुनेपछि वेदव्यासले भने, हे कुन्ती नन्दन, धर्मको विशेषता भनेको यसले सबैलाई धारण गर्ने मात्र होइन यसले व्रतको सहज र लचिलो व्यवस्था पनि गर्छ । साथै सबैको साधनको लागि नियम पनि बनाउँछ ।
जेठ महिनामा वृष वा मिथुन राशिमा बस्ने हो भने शुक्ल पक्षको निर्जला एकादशीको व्रत गर्नुपर्छ । यस व्रतमा पानी पनि सेवन नगरी । मुखमा पानी हालेर कुल्ला गरेर मात्र आचमन गर्न सकिन्छ र, यसबाहेक पानी पिएमा व्रत तोडिन्छ । एकादशीको समयमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी त्याग्नु पर्छ ।
महर्षि वेदव्यासको यो कुरा सुनेपछि भीमले ठूलो साहसका साथ निर्जला एकादशीको व्रत राखे र द्वादशीका दिन स्नान आदि गरी भगवान् केशवको पूजा गरी व्रत पूरा गरे ।
भीमले पनि व्रत बसेको भएर निर्जला एकादशीलाई भीमसेन एकादशी पनि भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया