के हुँदैछ रासायनिक मल खरिद प्रक्रिया ? (पत्रसहित)

लोकपथ
63
Shares

काठमाडौं । सरकारले विभिन्न आपूर्तीकर्ताहरुले सम्झौताको आधारमा समयावधिभित्र उपलब्ध नगराएकाले मल आपूर्तीमा समस्या भएको स्पष्ट पारेको छ ।

मल आपूर्तीको लागि कृषि सामग्री कम्पनी लिमिटेडको तर्फबाट १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेनिङ्गको तर्फबाट १ लाख १७ हजार मेट्रिक ट्रन गरी २ लाख २२ हजार मेट्रिक टन रासायनिक मल आपूर्तीको लागि सम्झौता भएको छ ।

तर आपूर्तीकर्ताहरुले समयमा मल नल्याएको कारण मल अभाव हुन गएको र त्यस्ता आपूर्तीकर्ताहरुलाई कारबाही प्रक्रिया अघि बढाएको समेत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मल आपूर्तीको लागि कृषि सामग्री कम्पनी लिमिटेडको तर्फबाट १ लाख ५ हजार मे.टन र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको तर्फबाट १ लाख १७ हजार गरी जम्मा २ लाख २२ हजार मे.टन रासायनिक मल विभिन्न आपूर्तीकर्ताहरुले सम्झौताको समयावधिभित्र उपलब्ध नगराएकोले मल आपूर्तीमा अभाव सिर्जना भएको हो । समयावधिभित्र मल उपलब्ध नगराउने त्यस्ता आपूर्तीकर्ताहरुको ठेक्का रद्ध गरी कारबाही प्रक्रियामा समेत अगाडि बढाइएको अवस्था छ ।’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी बाली लगाउने सिजनमा मल अभावलाई कम गर्नका लागि नेपाल सरकारले ग्लोबल टेन्डरको अलवा भारत सरकारसँग जी टू जी प्रक्रियाबाट आगामी ५ वर्षका लागि सम्झौता गरेको बताइएको छ । जसअनुसार ५ वर्षमा ५ लाख ६५ हजार मे. टन युरिया र ३ लाख ७० हजार मे. टन डि.ए पी. मल खरिद गर्ने गरी सम्झौता भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी धानबालीको सिजनमा मलको आपूर्तीलाई सहजता प्रदान गर्न यस आवको लागि १ लाख ५० हजार मे. टन रासायनिक मल भार सरकारबाट सम्झौता अन्तर्गत खरिद गर्ने प्रयास भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

सरकारले उक्त सम्झौता अनुसार मल खरिदको लागि नेपाल सरकारको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र भारत सरकारबाट राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर लिमिटेडलाई मल खरिद प्रक्रियाको लागि तोकिएको र दुई पक्षबीचको वार्ता र छलफल अन्तिम चरणमा पुगी खरिद सम्झौता अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?