कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए ।
नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेण्डाबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र पहिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष नारायण कोइरालाले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी तथा पोखराका वडाध्यक्षहरूलाई सम्मान गरिएको थियो ।
प्रमुख आचार्यले महानगरको सबैभन्दा ठूलो चुनौती सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने उद्घोेष गरे । उनले करको दर परिवर्तन गर्न आफू तयार रहेको बताए ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको उल्लेख गर्दै सो क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले चक्रपथ विस्तारमा ध्यान दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया