भरतपुरमा आजदेखि एसीसहितको विश्रामकक्ष, कर प्रणाली अनलाइनमार्फत

लोकपथ
91
Shares

चितवन । भरतपुर महानगरपालिकाले डिजिटल नागरिक बडापत्रदेखि सेवाग्रहीलाई वातानुकूलित विश्रामकक्षको सेवा सुचारु गरेको छ ।

महानगरपालिकाकी प्रमुख रेनु दाहालको अनुसार बुधबार अनलाइन प्रणालीमार्फत कर भुक्तानीदेख पाँचवटा सेवा सुरु गरिएको हो ।

उनका अनुसार डिजिटल नागरिक बडापत्र, अनलाइन प्रणालीमार्फत कर भुक्तानी, अनलाइन दर्ता चलानी सेवा, सेवाग्राहीलाई चिसो तातो पिउने पानी, वातानुकल (एसी) सहितको विश्राम कक्ष बुधबारबाट सञ्चालनमा आएको हो ।

‘सेवाग्राहीलाई केन्द्रमा राखेर गरिएको यस कामलाई सुशासन प्रवर्द्धनको कोणबाट हेर्दा एउटा आशालाग्दो छलाङ मान्न सकिन्छ,’ सेवा सञ्चालनलगत्तै मेयर दाहालले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?