हिंसा पीडित बालबालिकाको सारथी जिल्ला सेवा केन्द्र

लोकपथ
154
Shares

जुम्ला । हिंसात्मक घटना कारण प्रभावित बालबालिकालाई लक्षित गरेर १३ वर्षअघि जुम्लामा जिल्ला सेवा केन्द्र स्थापना भयो । यही सेवा केन्द्रले हालसम्म ७१५ जना हिंसा पीडित तथा बालबालिकालाई सेवा दिएको जनाएको छ ।

सेवा केन्द्रमा आर्थिक हिंसा, गाली बेइज्जती, बहु विवाह, बलात्कार, मानसिक यातना, घर निकालादेखि नाता कायम नभएका बालबालिकाहरू आउने गरेको सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले बताइन् ।

चुनौतीपूर्ण ढंगले पीडित बालबालिकाको पक्षमा सेवा केन्द्र उभिएको भन्दै उनले भनेकी छिन्, ‘हामी सेवा दिन महिला आफैँ असुरक्षित छौँ । हामीलाई समेत ज्यान मार्ने धम्की आउँछ । तर, पनि पीडितको न्यायका लागि लडिरहेका छौँ ।’

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले हिंसामा परेका महिला तथा बालबालिकाको दीर्घकालिन ब्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताइन् ।

जिल्लाकै चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिहं कठायतले हिंसापीडित महिला र बालबालिकाको सेवालाई प्रथामिकता दिने बताए ।

उनले महिला हिंसा न्यूनीकरण गर्न सबै पक्षसँग सहकार्य गर्दै जानेसमेत प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?