नवलपरासी पश्चिम अदालतमा गोली चलाएको आरोपमा एक युवक पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट प्रहरीले ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरिएको छ ।

सोमबार दिउँसो साढे १ बजे अदालत परिसरमा काकी रोशनी यादवलाई लक्षित गरी एक राउण्ड गोली फायर गरेर भागेका उनलाई ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान हुने बताइएको छ ।

उनीहरुबीच अदालतमा अंश मुद्दा चलिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?