काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो ।
गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका छन् ।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।
निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया