इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राहीको भीड

लोकपथ
154
Shares

काठमाडौं । सरकारले बागमती र गण्डकी प्रदेशका सवारीसाधनहरूमा असारभित्रै अनिवार्य इम्बोस्ड नम्बर प्लेट निर्देशन दिएसँगै यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राहीहरूको भीड लाग्न थालेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारबाही गर्ने विभागको चेतावनीपछि यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको भीड लाग्न थालेको हो ।

विभागले प्रचलित ऐन तथा नियमको व्यवस्थाबमोजिम सवारीसाधनमा अविलम्ब इम्बोस्ड नम्बर प्लेट जडान गर्न गराउन बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठुला सवारी) एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा तथा गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा र मातहतका कार्यालयमा दर्ता भएका सबै सवारीसाधन धनीलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?