सहमति अनुसार हुन सकेन फोहोर व्यवस्थापन, आज पनि स्थानीयद्वारा अवरोध

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः अवरोध भएको छ ।

सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयबीच सहमति भएको छ । सहमति अनुसार आज बिहानै काठमाडौंको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने भनिएको थियो । तर बिहानै फोहोर लिएर बञ्चरेडाँडामा पुगेका गाडीहरुलाई स्थानीयले अवरोध गरेका हुन् ।

लामो समयदेखि सरकारी पक्ष र स्थानीयबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न दिएका थिएनन् । काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर बालेन शाह पटकपटक सिसडोल बञ्चरेडाँडा पुगेर त्यहाँका स्थानीय र जनप्रतिनिधिहरुसँग भेटेका थिए ।

सोमबार भएको सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?