भोलिबाट उठ्ने भयो काठमाडौंको फोहोर

लोकपथ
546
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ ।

काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसहित ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता भएकाे वार्ताले भोलि ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति गरेकाे छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सहरी विकास मन्त्रालयमा दिउँसो ३ बजेदेखि सुरु भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सहमति जुटाएको हो ।

शहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

यस्ताे छ सहमति पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?