मोबाइल, ल्यापटप लुटपाट गरेको आरोपमा २ जना पक्राउ

लोकपथ
175
Shares

काठमाडौं । मोबाइल ल्यापटप लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा मेगाङ गाउँपालिका-५ घर भई हाल काठमाडौंको महाबौद्ध बस्‍ने २९ वर्षीय बिक्की अर्याल र पाँचखाल नगरपालिका-४ घर भई हाल काठमाडौंको बागबजार बस्‍ने २८ वर्षीय राम श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले विभिन्‍न मोडलका ९ थान मोबाइल बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?