फर्पिङको जंगलमा युवक र युवतीको शव फेला

लोकपथ
728
Shares

काठमाडौं । काठमाडौंको फर्पिङको जंगलमा दुई जना मृत फेला परेका छन् । दक्षिणकाली मन्दिर आसपासको क्षेत्रमा एक जना युवक र एक युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय फर्पिङले लोकपथलाई जानकारी दिए ।

दुईवटा शव घोप्टो परेको अवस्थामा फेला परेको छ । उनीहरुको उमेर अन्दाजी २०-२२ वर्षको रहेको इलाका प्रहरी कार्यालय फर्पिङका प्रमुख गाणेश सापकोटाले जानकारी दिए ।

शवको नजिकैबाट विषको बट्टा पनि फेला परेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । विषको बट्टा फेला परे पनि उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

‘युवक र युवतीकाे शव घाेप्टाे अवस्थामा फेला परेकाे छ । मृतकको शव नजिकबाट विषादीको बट्टा समेत बरामद भएको छ, काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्युरोका घटनाबारे थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोको टोली घटनास्थल आइसकेको छ’, प्रहरी निरीक्षक सापकोटाले भने ।

घाँस काट्न गएका स्थानीय  महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?