सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ

लोकपथ
70
Shares

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–९ बाट करिब १३ केजी अवैध लागुऔषध गाँजासहित एक जना किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने १८ वर्षीया किशोरी छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टाउँकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीलाई देख्नासाथ बोकेको ढाकी खेतमा घोप्टयाई भागेकी उनलाई सोही नगरपालिका–९ बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।

उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?