काठमाडौं उपत्यकामा एकैदिन १८ सय १७ जना सवारीचालकमाथि कारबाही

लोकपथ
490
Shares

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ८१७ जना चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तीव्र गतिमा सवारीसाधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठिक नभएका सवारीसाधन चलाउने २५ जना, रातो बत्तीको उल्लंघन गर्ने ४२ जना र क्षमताभन्दा बढी यात्रु राख्ने १८ जना चालकमाथि कारबाही गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?