आफूसँग भएको शौचालय सार्वजनिक बनाउन चाहनेल महानगरमा सम्पर्क राख्नुपर्ने

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिह्न तयार पारेको छ ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिह्न तयार पारिएको हो ।

गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रंगमै महिला र पुरुषको चिह्न रहेको छ । संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?