विश्व वातावरण दिवसका अवसरमा मातातीर्थमा वृक्षरोपण

लोकपथ
0
Shares

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि राइडर्स क्लबद्वारा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरिएको छ ।

चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले वृक्षारोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिने र नगरलाई हरियाली बनाउन वृक्षारोपणलाई अभियानका रुपमा सञ्चालन गर्ने बताए । साथै उनले चन्द्रागिरिको थप पर्यटन प्रर्वद्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गरिने पनि बताए ।

आज नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन स् पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?