दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

लोकपथ
140
Shares
;’Ts]/L dlxnfsf] xjfO{ p4f/ bfr'{nf, !) kmfu’g M /fi6«klt dlxnf pTyfg sfo{qmdcGtu{t lhNnf c:ktfn bfr'{nfdf ;’Ts]/L ePsf dxfsfnL gu/kflnsf– ! sf #@ jifL{of sf}lznf wfdL dx/fsf] xjfO{ p4f/ ul/Fb} . ;’Ts]/L x’g] ;dofjlw cufj} ;’Ts]/L ePsf dlxnfsf] aRrfnfO{ cfOl;o’ pkrf/df /fVg’kg]{ ePsf] sf/0f pxfFnfO{ k|d’v lhNnf clwsf/L ob’gfy kf}8]nsf] kxndf sf]xnk’/ g]kfnu~h l/km/ ul/Psf] xf] . pxfFn] ue{jtL ePsf] 5 dlxgfd} aRrf hGdfPsf x’g . t:jL/ M g/]Gb|l;x sfsL{÷/f;;

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरिएको थियो । कार्यक्रम सुरु भएयता हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३६२ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/७७ मा ८७ जना, २०७७/७८ मा १०३ जना र चालू आर्थिक २०७८/७९ को हालसम्म १४६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?