पनौतीमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

लोकपथ
126
Shares

बनेपा । पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३प ७५०२ नंको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी २८ वर्षका फुलकाजी तामाङ रहेका छन् । उनको उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । अहिले ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?