नेपालमा कोरोना : थप १६ जनामा संक्रमण पुष्टि

लोकपथ
126
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ११० रहेको छ । विगत २४ घण्टामा नौ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संकूमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित हुने ३७ जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.१ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ । आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?